कोशी प्रदेश समाचार समाज

इटहरीमा मलामी आएका ब्यक्तिले चिर्पटले शव जलाउनेलाई प्रहार गर्दा मृत्यु

इटहरी, ३ वैशाख । सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित मुक्तिघाटमा मलामी आएका व्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको छ ।
सोमबार दिउँसो पौने २ बजे “मुक्तिघाट वृहत मुक्तिघाट क्षेत्र विकाश समिति” मा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानिय २७ वर्षीय बिनोद तामाङको चिर्पट प्रहार तथा कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
इटहरी उपमहानगरपालिका ४ गैरीगाँउबाट मलामी आएका ३७ वर्षिय उमेश तामाङ र धरानका ३० वर्षिय अनिल तामाङले कुटपिट गरी चिर्पटले टाउकोमा प्रहार गर्दा बिनोद घाईते भएका थिए । घाइते बिनोदको उपचारको क्रममा बेदान्त हस्पिटल इटहरीमा आज दिउँसो साढे २ बजे मृत्यु भएको हो ।
घटनामा संलग्न उमेश तामाङलाई ईलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी थप अनुसन्धान गरी रहेको छ भने फरार रहेका अनिल तामाङको खोजतलाश भईरहेको जनाइएको छ ।

   

You cannot copy content of this page