खेलकुद मधेस प्रदेश

फत्तेपुरमा मधेश प्रदेश स्तरीय प्रथम मेयर कप व्याडमिन्टन प्रतियोगिता सुरु

खगेन्द्र कार्की /
फत्तेपुर, २२ वैशाख । सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा मधेश प्रदेश स्तरीय प्रथम मेयर कप ब्याडमिन्टन च्याम्पियनसिप २०८१ शुक्रबार देखि शुरु भएको छ।
जिल्ला ब्याडमिन्टन संघ सप्तरीको प्राबिधिक सहयोग, सप्तकोसी नगर खेलकुद बिकास समिति सप्तरीको आयोजना तथा न्यू त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुरको सह आयोजनामा प्रतियोगिता संचालन गरिएको हो ।
नगर खेककुद बिकास समिति सप्तकोसीका अध्यक्ष सुरेश खड्काको अध्यक्षतामा आयोजित प्रतियोगिताको प्रमुख अतिथि सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकालले ब्यानर बाचन र प्रमुख एम्पाएर केदार धिमाललाई सटल हस्तान्तरण गरि उद्घाटन गरे ।

कार्यक्रममा सप्तकोसी नगरपालिका उप प्रमुख रिताकुमारि चौधरी ,वडा न १ का वडा अध्यक्ष रोहिणि प्रसाद पोखरेल, वडा न २ का वडा अध्यक्ष जाहिर हुसेन, वडा न ३ का वडा अध्यक्ष देवकान्त गोजेवार ,वडा न ८ का वडा अध्यक्ष केदार साह, वडा न ७ का वडा अध्यक्ष जितन चौधरी, नेपाल ब्याडमिन्टन संघ मधेश प्रदेशका उपाध्यक्ष दिपककुमार खड्का, सचीव हर्ष श्रेष्ठ , जिल्ला ब्याडमिन्टन संघ सप्तरी अध्यक्ष दिपक कार्की ,जिल्ला खेलकुद बिकास समिति सप्तरीका कार्यलय प्रमुख दिनेश भुजेल, सप्तकोसी उद्योग बाणिज्य संघका अध्यक्ष सुदाश राई, नेकपा एमाले सप्तकोसी नगर अध्यक्ष पारस दाहाल, रास्वपा नगर अध्यक्ष मान प्रसाद लुइँटेल लगायतको उपस्थिति रहेको थियो।

३ दिन सम्म चल्ने प्रतियोगितामा मधेश प्रदेश र उदयपुरका गरि ३ बिधामा जम्मा ७२ जोडीले सहभागिता जनाएका छन् । सप्तरी जिल्ला स्तरीय प्रतियोगितामा जिल्लाका २२ जोडीको सहभागिता रहेको छ भने दुबै जिल्लाको मास्टर डबलस ९० पलसमा २७ जोडी र मधेस प्रदेश र उदयपुरको खुल्ला मेन्स डबलमा २३ जोडीले सहभागिता जनाएको नगर खेलकुद बिकास समिती सप्तकोसीका नगर अध्यक्ष सुरेश खड्काले जानकारी दिए।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमर्ला मेन्स डबलस ओपन तर्फ क्रमशः शिल्ड मेडल सहित नगद २५ हजार र पन्द्र पन्द्र हजारका दरले बितरण गरिने र सप्तरी जिल्ला स्तरीय प्रतियोगितामा प्रथम दोस्रो र तेस्रो हुने टिमलाइ क्रमश १५ हजार र आठ आठ हजारका दरले बितरण गरिने तथा मास्टर डबल्स ९० प्लसलाई २० हजार र बाह्र बाह्र हजार बितरण गरिने आयोजक कमिटीका सदस्य अध्यक्ष अजय श्रेष्ठले जानकारी दिए ।

   

You cannot copy content of this page