मधेस प्रदेश समाचार

हेलमेट भित्र लुकाई छिपाई राखेको लागूऔषध सहित २ जना पक्राउ

सप्तरी, २६ वैशाख । बाराको जीतपुर सिमरा उप महानगरपालिका वडा नं २१ अमलेखगंजबाट लागू औषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोटरसाईकल चालक जिल्ला नुवाकोट पञ्चकन्या गापा ३ बस्ने वर्ष २७ को विवस कार्की र मोटरसाईकल पछाडी सवार जिल्ला चितवन भरतपुर मनपा ७ बस्ने वर्ष ३१ को ववी तामाङ रहेका छन् ।
बुधबार ईलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा, जीतपुर सिमरा उप महानगरपालिका वडा नं २१ अमलेखगंज स्थित वीरगंजबाट हेटौडा तर्फ जादै गरेको प्र ३-०२-००९ प ४७३८ नम्बरको मोटरसाईकल शांकास्पद लागी रोकी चेक जाँच गर्दा हेलमेट भित्र लुकाई छिपाई राखेको लागू औषध सुई बरामद गरेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
उनीहरुको साथबाट नोरफिन २ को १८ पिस, फेनारागन २ को १७ पिस र डाईजोपाम २ को १८ पिस बरामद गरेको जिल्ला प्रहरी कार्यालय बारा, कलैयाका प्रवक्ता तथा सूचना अधिकारी प्रनाउ दधिराम न्यौपाने जानकारी दिए ।
मोटरसाईकल पक्राउ परेका २ जनालाई नियन्त्रणमा लिई कानूनी प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

   

You cannot copy content of this page