कोशी प्रदेश समाचार समाज

मोरङमा माटोको ढिस्कोले पुरिएर ११ वर्षीय बालकको मृत्यु

मोरङ, २७ बैशाख । मोरङको बुढीगंगा गाउँपालिका-६ स्थितमा माटोको ढिस्कोले पुरिएर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय राम प्रकाश चौधरीको ११ वर्षीय छोरा प्रकाश चौधरी रहेका छन् ।
बुधबार साँझ ५ बजे घर नजिकै रहेको बुढी खोलामा साथीहरुसँग खेल्न गएका ११ वर्षीय प्रकाश अबेर सम्म घर फर्केर नआएपछि खोजतलास गर्दै जाने क्रममा सोही दिन राती ९ बजे खोला छेउमा माटोको ढिस्कोले पुरिएको अवस्थामा फेला परेका थिए ।
उनलाई तत्काल उपचारकोलागी बिराट मेडिकल कलेज पुर्‍याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए ।
उक्त घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

   

You cannot copy content of this page