मोरङ, २७ बैशाख । मोरङको जहदाबाट प्रहरीले २१८ किलो १७५ ग्राम लागुऔषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ ।
मोरङको जहदा गाउँपालिका ३ हाथिबन्दाबाट बुधबार राति उक्त परिमाणको लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा बुधबार राती साँढे १ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले स्थानीय २४ बर्षीय भगवान किस्कुलाई उक्त परिमाणको लागुऔषध गाँजा सहित पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)