समाज

प्रेस चौतारी सप्तरीद्वारा स्व. पोखरेलको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना

कञ्चनरुप, २७ बैशाख । प्रेस चौतारी नेपालका पुर्व केन्द्रिय उपाध्यक्ष एवम् नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सल्लाहकार मनोहर कुमार पोखरेलको आमा तथा प्रेस चौतारी नेपाल शाखा सप्तरीकी उपाध्यक्ष नानिमैया कटुवालकी सासुआमा मेनका देवी पोखरेलको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।
प्रेस चौतारी नेपाल शाखा सप्तरीद्वारा राजविराज स्थित पत्रकार पोखरेलको घरमा बिहिवार स्वर्गीय पोखरेलको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गरेको हो ।
श्रद्धाञ्जली सभामा बोल्दै चौतारीका केन्द्रिय सदस्य खगेन्द्र कार्कीले अग्रज पत्रकार पोखरेलको आमाको निधनले चौतारी परिवारलाई अपुरणीय क्षति पुगेको बताए । शोकाकुल चौतारीका पूर्व केन्द्रिय उपाध्यक्ष पोखरेल र जिल्ला उपाध्यक्ष कटवाललाई सान्त्वना दिंदै उनले शोकलाई शक्तिमा बदल्दै एक ढिक्का भएरअघि बढ्नुपर्ने बताए।

चौतारीका जिल्ला अध्यक्ष डम्बर राईको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेस प्रदेश उपाध्यक्ष अर्चना परियार ,सप्तरी शाखाका सचिव शिव आचार्य ,सह सचिव उत्सव आचार्य लगायत सप्तरी शाखाका सम्पूर्ण पदाधिकारीहरुको उपस्तिथि रहेको थियो ।
सभामा स्वर्गीय आमाको स्मृतिमा एक मिनेट मौन धारण समेत गरिएको थियो । पत्रकार पोखरेलको आमाको बैशाख १९ गते राती ८२ वर्षको उमेरमा निधन भएको थियो ।

   

You cannot copy content of this page