कोशी प्रदेश राजनीति

कोशी प्रदेशका मुख्यमन्त्रीमा एमालेका हिक्मतकुमार कार्की नियुक्त

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्रीमा एमालेका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।
कार्की नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त भएका हुन् ।
प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई ५२ जना सांसदको हस्ताक्षर सनाखत भएसँगै मुख्यमन्त्रीमा बिहीबार नियुक्त गर्ने निर्णय गरेका हो ।
कार्की झापा निर्वाचन क्षेत्र नं ५ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
नवनियुक्त मुख्यमन्त्री कार्कीले आजै सपथ लिनु हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

   

You cannot copy content of this page