अर्थतन्त्र समाचार

पेट्रोलको मूल्य लिटरमै ७ रुपैयाँ घट्यो

सप्तरी, २ जेठ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।
निगमले बुधबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलको प्रतिलिटर ७ र डिजेल र मट्टितेलको ५ रुपैयाँले मूल्य घटाएको हो ।
नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर १७० देखि १७५ रुपैयाँ ५० पैसा पर्न गएको छ । डिजेलको १५३ देखि १५६ रुपैयाँ ५० पैसा पर्न गएको छ ।
लामो समययता इन्धनको मूल्य निरन्तर उकालो लागेकोमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै नेपालमा पनि घटेको हो ।

   

You cannot copy content of this page