समाचार

कञ्चनपुर बेरियरको लजमा धनकुटाका युवक झुण्डिएको अवस्थामा मृत भेटिए

कञ्चनरुप, २२ जेठ । सप्तरीमा एक युवक झुण्डिएको अवस्थामा आज मृत फेला परेका छन् ।
सप्तरीको कञ्चनरुप नगरपालिका ८ स्थित कञ्चनपुर बेरियरमा रहेको एन्जिला होटेल एण्ड लजमा मंगलबार धनकुटा मारेत कटहरे गाउँपालिका वडा नम्बर २ निवासी करिब २८ वर्षका सुजन कार्की मृत भेटिएका हुन् ।
लजको कोठा नम्बर ९ मा झुन्डिएको अवस्थामा कार्कीको शव भेटिएको ईलाका प्रहरी कार्यालय कञ्चनरुप सप्तरीले जनाएको छ ।
लज संचालकले जानकारी गराउन साथ घटना स्थलमा प्रहरी पुग्दा कार्की पंखामा पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रमुख डिएसपी महेन्द्र नेपालले जानकारी दिनुभयो ।
लजका सञ्चालक दिल बहादुर शाही ठकुरीका अनुसार सोमबार दिउँसो करिब ३ बजेको समयमा उक्त लजमा कार्की बस्न आएका थिए । सोमबार बेलुकाको खाना खान बोलाउँदा कार्कीले एक छिनमा आउँछु भनेपनि खान भने नआएको लज संचालक ठकुरीले भन्नुभयो । मंगलबार बिहान चेक आउट गर्न जाँदा भित्रबाट कोठा बन्द थियो । पटक – पटक कोठा खोल्ने प्रयास गरेपनी भित्रबाट नखोलेपछि ईलाका प्रहरी कार्यालय कञ्चनपुरलाई जानकारी गराएको उहाँले बताउनुभयो ।
शवको सर्जिमिन मुचुल्का लगायतका कार्य सम्पन्न गरि शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जानकारी दिएको छ। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page