समाचार समाज

कञ्चनरूप-२ महादेवापट्टीमा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु

कञ्चनरूप , ३१ असार । सप्तरीको कञ्चनरूपमा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । 
सोमबार कञ्चनरूप नगरपालिका वडा नम्बर २ स्थित महादेवापट्टीमा खाल्डोमा जमेको पानीमा डुबेर स्थानीय निजाम शेखको ६ वर्षीय छोरा खुसिया शेखको मृत्यु भएको हो । 
स्थानीयका अनुसार सडक छेउको खाल्डोमा साथीसंग नुहाउन गएको बालकको दिउंँसो १ बजे डुबेर मृत्यु भएको हो  । 
बालक डुवेर मृत्यु भएको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय कञ्चनरुपको टोली घटना स्थल पुगेका थिए । 
घटना स्थलमा प्रहरी टोली खटाई आवश्यक प्रक्रिया पूरा गरी बालकको शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको तथा घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

   

You cannot copy content of this page