समाचार

फत्तेपुरबाट ९ किलोभन्दा बढी गाँजासहित दुई जना पक्राउ

कञ्चनरूप सप्तरी । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश फत्तेपुर र नेपाल प्रहरीको संयुक्त टोलीले सप्तरीको सप्तकोशी नगरपालिका–२ फत्तेपुरबाट प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

असोज १४ गते बुधबार विशेष सूचनाका आधारमा संयुक्त टोलीले फत्तेपुरस्थित सडकखण्डमा सवारीसाधन तथा यात्रु जाँच गर्ने क्रममा ९ किलो २७५ ग्राम प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको हो।

गाँजासहित एउटा मोटरसाइकल र दुई जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका व्यक्तिहरू, बरामद गाँजा तथा मोटरसाइकललाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको जनाइएको छ।

You cannot copy content of this page