समाचार

लागुऔषध बिक्री गरेको आरोपमा फत्तेपुर पोलिक्लिनिकका संचालक यादव पक्राउ

फत्तेपुर । लागुऔषध बिक्री गरेको आरोपमा सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर १ फत्तेपुर स्थित रहेको पोलिक्लिनिकका संचालक अशोक यादव पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय उदयपुर बेल्टारबाट खटिएको प्रहरी टोलीले मंगलबार फत्तेपुर स्थित बसपार्कमा रहेको शुभकामना श्री पोलिक्लिनिक एण्ड डाइग्नोसिस प्रा.लि.का संचालक यादवलाई आफ्नै पसलबाट पक्राउ गरेको हो ।
गत साउन १० गते इलाका प्रहरी कार्यालय बेल्टारबाट सवारी चेकिङमा खटिएको प्रहरीको टोलिले चेकजाँचको क्रममा चौदण्ढिगढि नगरपालिका वडा नम्बर ६ का शेखर तामाङ र सुष्मा राईको साथबाट प्रतिबन्धित लागुऔषध ट्रमानिल ६ सय ट्याब्लेट र कोलिबान ६ सय ट्याब्लेट सहित पक्राउ गरेको थियो ।पक्राउ परेका तामाङ र राईको बयानका क्रममा प्रतिबन्धित लागूऔषध जिल्ला सप्तरी सप्तकोशी नगरपालिका वडा नं.१ फत्तेपुर बसपार्क छेउ अशोक यादवले संचालन गरेको औषधी पसलबाट किनेर ल्याएको भने पछि पक्राउ परेका तामाङ र राईको बयानको आधारमा २०८१ साउन १७ गते सम्मानित उदयपुर जिल्ला अदालतबाट पक्राउ अनुमती लिई पोलिक्लिनिक संचालक यादवलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यलय बेल्टारका प्रमुख ओमप्रकास पुनले जानकारी दिए ।
पक्राउ परेका यादव सप्तरी जिल्ला हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.१ घर भई सप्तकोशी नगपरपालिका वडा नं.१ मा पोलिक्लिनिक संचालन गर्दै आएका थिए ।
पक्राउ परेका पोलिक्लिनिक संचालक यादबको प्रहरीद्वारा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय उदयपुरका सुचना अधिकारी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिए । 
भारतसंग सिमा नाका नजिक रहेकाले फत्तेपुर लगायत आसपासका औषधि पसल र ब्यक्तीहरुले प्रतिबन्धित लागुऔष भारतबाट सस्तोमा खरिद गरि ल्याइ सप्तरी उदयपुरका लागुऔषध प्रयोग कर्ताहरुलाई चर्को मुल्यमा बिक्रीवितरण गर्ने गरेको स्थानीयहरु बताउँछन् । 
औषधी पसल अनुगमन गर्ने निकाय मौन बस्नु र स्थानीय सरकारले गर्नु पर्ने बजार अनुगमन शन्य हुनुले पनि बजारमा लागुऔषध लगायत कालोबजारी मौलाउँदै गएको स्थानीयहरुको भनाइछ ।

   

You cannot copy content of this page