समाचार

कोसी ब्यारेजका सबै ढोका खोलिए, सतर्क रहन आग्रह 

कञ्चनरूप, १२ असोज । सप्तकोसी नदीमा पानीको बहाब बढेपछि कोसी ब्यारेजका सबै ढोका खोलिएका छन् । निरन्तर वर्षा भएसँगै सप्तकोसी नदीको जलसतह बढेको हो । खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ।
 सप्तकोसी नदीमा शनिबार बिहान ९:३० बजे पानीको बहाब बढेर प्रतिसेकेण्ड ४ लाख १९ हजार क्युसेक पुगेको कोशी व्यारेज कन्ट्रोल रुम प्रशासनले जनाएको छ । 
नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ । पानीको सतह निरन्तर बढेपछि कोसी ब्यारेजमा जोखिमको सङ्केत देखिन थालेको छ ।
 सप्तकोसीमा पानीको बहाव बढेपछि आसापासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।
सप्तकोसीमा पानीको बहाब प्रतिसेकेण्ड एकलाख ५० हजार कटेपछि खतरा मानिन्छ। सप्तकोसीमा पानीको बहाब बढेपछि स्थानीय प्रशासनको अनुरोधमा भारतले कोसी ब्यारेजका सबै ढोका खोलेको हो । 
 पूर्व-पश्चिम राजमार्गमा चल्ने सवारीसाधनलाई समेत सावधानीपूर्वक सञ्चालन गरिएको बताइएको छ ।

   

You cannot copy content of this page