कोशी ब्यारेज, १३ असोज । सप्तकोशी नदीमा पानीको बहाव अहिलेसम्मकै उच्च अवस्थामा पुगेको छ।
आइतबार बिहान ३ बजेको मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाव ६ लाख ४३ हजार ५ सय ४० क्युसेक रहेको छ । यति उच्च पानीको बहाव यस अघि कहिले पुगेको थिएन।
शनिबार बिहानबाट कोशी ब्यारेजका ५६ वटै ढोका खुला गरिएको छ । पानीको बहाव अझ बढ्दै गए नेपालका सयौं बस्ती डुबानमा पर्ने खतरा छ।
अहिले नदीमा पानीको बहाव खतराको स्तर भन्दा धेरै माथि पुगिसकेको छ। ब्यारेजको माथि बनेको सडकसम्मै नदीको पानी आइपुगेपछि प्रशासनले ब्यारेजबाट आवतजावत गर्ने सवारीसाधानमा पूर्णरुपमा रोक लगाएको छ।
बेलुकाबाट ब्यारेजको पुलमाथिबाट पानी बग्न थालेपछि सवारीसाधनलाई चतरा हुँदै उदयपुरतर्फ सवारी साधनहरूलाई डाइभर्ट गरिएको छ।
नदीमा पानीको बहाव बढ्दै गर्दा उदयपुर, सुनसरी, र सप्तरीतर्फ नदीकटान हुनसक्ने जोखिम छ । सो क्षेत्र र आसपासका होचा भूभागमा रहने सबैलाई सुरक्षित र सतर्कताका साथ रहन प्रशासनले आग्रह गरेको छ।
सप्तकोशी नदीमा पानीको बहाव अहिलेसम्मकै उच्च, ६ लाख ४३ हजार क्युसेक पुग्यो















