कोशी प्रदेश समाचार

विराटनगरमा १ सय ३ किलो गाँजा बोकेको भारतिय नम्वरको कार प्रहरी नियन्त्रणमा

विराटनगर, कार्तिक ०५ गते । विराटनगरबाट प्रहरीले लागुऔषध गाँजा बोकेको भारतिय नम्वरको कार नियन्त्रणमा लिएको छ । विराटनगर महानगरपालिका-१५ स्थितबाट लागुऔषध गाँजा बोकेको भारतिय नम्बरको कार प्रहरीले आइतबार दिउँसो नियन्त्रणमा लिएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा नेपालबाट भारततर्फ जाँदै गरेको BR38 AW 3776 नम्बरको कारको डिक्किमा लुकाई छिपाई राखेको अवस्थामा १ सय ३ किलोग्राम लागुऔषध गाँजा फेला परेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । 
नियन्त्रणमा लिईएको कार र गाँजा इलाका प्रहरी कार्यालय रानीबाट अन्य थप अनुसन्धान भईरहेको जनाइएको छ ।

   

You cannot copy content of this page