मधेस प्रदेश समाचार समाज

बरमझिया बस दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक पण्डितको उपचारको क्रममा मृत्यु 

कञ्चनरूप, ६ कार्तिक । आइतबार बिहान सप्तरीको कञ्चनरुप नगरपालिका–२, बरमझियामा भएको सवारी दुर्घटनाका घाइते मध्ये मोटरसाइकल चालकको मृत्यु भएको छ । 
यात्रुबाहक बसको ठक्करबाट गम्भीर घाइते सप्तरीको कञ्चनरुप नगरपालिका–१ निवासी मोटरसाइकल चालक २५ वर्षीय सुमित पण्डितको मंगलबार बिहान उपचारको क्रममा मृत्यु भएको हो।  
बसको ठक्करबाट गम्भीर घाइते उनलाई स्थानीय अस्पतालमा प्राथमिक उपचार पश्चात् तत्कालै विराटनगरको न्युरो अस्पतालमा उपचारका लागि भर्ना गरिएकोमा मंगलबार बिहान ८:३० बजे मृत्यु भएको मृतक परिवारले जनाएको छ ।  
गाईघाटबाट काँकडभिट्टातर्फ तीव्र गतिमा जाँदै गरेको  प्र.१-०१-००१ ख ४१२६ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको स.५ प.१५९३ नम्बरको मोटरसाइकल ठोक्किँदा बस अनियन्त्रित भई पल्टिएको थियो।
सोही दुर्घटनामा परी धनकुटा सागुगढी गाउँपालिका–४ की ५४ वर्षीया मैया राईको घटनास्थलमै मृत्यु भएको थियो । 
दुर्घटनामा २२ जना घाइते भएका थिए जसमध्ये ८ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि विराटनगर पठाइएको थियो । 
घाइते आठै जनाको विराटनगरमा उपचार भइरहेको तथा उनीहरूको अबस्थामा सुधार भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनरूपले जनाएको छ ।

   

You cannot copy content of this page