आइतबार, ९ कात्तिक २०८३
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, ९ कात्तिक २०८३
विज्ञापन · 320 × 100728 × 90यहाँ विज्ञापन दिनुहोस्सम्पर्क: ९८१४७२८१७१ · krnewsportal@gmail.com
मधेस प्रदेश

कञ्चनरूप-६ जमुवाको एक घरमा आगलागी हुँदा लाखौँको क्षति 

कञ्चनरूप, १२ फागुन । सप्तरीको कञ्चनरूप नगरपालिका –६ स्थित जमुवाको एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । 

आइतबार राति जमुवाको सरदार टोलका स्थानीय बचकुन सरदारको घरमा आगलागी हुँदा लाखौंको क्षति भएको हो ।

आगलागीबाट बचकुनको नगद ५० हजार तथा घर पूर्णरूपमा जलेर नष्ट भएको छ भने घरभित्र भएको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन लगायतका अन्य सामग्री जलेर नष्ट हुँदा ५ लाखको क्षति भएको वडा नम्बर ६ का वडा अध्यक्ष बच्चुलाल चौधरीले जानकारी दिनुभयो  ।

त्यस्तै सोही आगलागीबाट विष्णु सरदारको भान्सा घर जलेर नष्ट हुँदा ५० हजार बराबरको क्षति भएको वडा अध्यक्ष चौधरीले बताउनुभयो ।  

आगलागीको कारण हालसम्म खुल्न सकेको छैन । आगो स्थानीयवासी तथा सुरक्षाकर्मीले निभाएका थिए ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—यहाँ विज्ञापन दिनुहोस्सम्पर्क: ९८१४७२८१७१

You cannot copy content of this page