आइतबार, ९ कात्तिक २०८३
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, ९ कात्तिक २०८३
विज्ञापन · 320 × 100728 × 90यहाँ विज्ञापन दिनुहोस्सम्पर्क: ९८१४७२८१७१ · krnewsportal@gmail.com
मधेस प्रदेश

प्रेस चौतारी नेपाल मधेश प्रदेशको अध्यक्षमा लालबाबु शेख

राजविराज, २७ फागुन । प्रेस चौतारी नेपाल मधेश प्रदेशको अध्यक्षमा लालबाबु शेख चयन हुनुभएको छ । 

सोमबार रौतहटमा भएको प्रदेश अधिवेशनले शेखको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा गौतम श्रेष्ठ र भवानी सुवेदी हुनुहुन्छ ।

महासचिवमा दिवाकर भण्डारी सर्वसम्मत निर्वाचित हुनुभएको छ भने कोषाध्यक्षमा जितेन्द्र शाह निर्वाचित हुनुभएको छ । यसै गरी सचिवहरूमा ग्यासु मिया देवान, जीवनारायण झा, अनिरुद्र ठाकुर, राकेश यादव, धनवीर महतो र श्याम कुशवाहा निर्वाचित हुनुभएको छ ।

सदस्यहरूमा पिन्टू यादव, गणेश प्रसाद खरेल, अमृता सिंह, शेखर छतकुली, कन्हैया गुप्ता, सफल खतिवडा, देवेन्द्र यादव, राधेश्याम पटेल, ललनकुमार साह, युवराज खडका, आसिक अन्सारी, सुरेशप्रसाद आचार्य, सङ्गीता सिवाकोटी, भोला यादव, धर्मेन्द्र चौरसिया, गौरी न्यौपाने, विना राउत र शम्भु प्रसाद महतो निर्वाचित हुनुभएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—यहाँ विज्ञापन दिनुहोस्सम्पर्क: ९८१४७२८१७१

You cannot copy content of this page