कञ्चनरूप, ९ वैशाख । अपहरण तथा शरीर बन्धक बनाई जबर्जस्ती करिणी मुद्दाका एक जना फरार प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका ५ का मो.ईम्तियाज भन्ने मो. ईम्तियाज अहमद रहेका छन् ।
इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले खोजतलास गरी सोमबार फेला पारी पक्राउ गरेको हो ।
सम्मानित सप्तरी जिल्ला अदालत राजविराजबाट अपहरण तथा शरिर बन्धक बनाई जवरजस्ती करणी मुद्दामा ८ (आठ) वर्ष कैदको फैसला रहि अहमद फरार रहेका थिए ।
पक्राउ परेका अहमदलाई कैद तथा जरिवानाका लागि सम्मानित सप्तरी जिल्ला अदालत राजविराजमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।

