सिरहा, २४ बैशाख । सिरहाबाट ठूलो परिमाणको लागूऔषध सहित प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ ।
बुधबार लहान नगरपालिका-१७ स्थित बलान खोलाबाट लागूऔषध सहित सिरहाको लहान नगरपालिका-१५ का २१ वर्षीय सन्तोष यादव र लहान-१६ का २२ वर्षीय जितेन्द्र यादवलाई पक्राउ गरेको सिरहा प्रहरीले जनाएको छ ।
उनीहरूले बोरामा ल्याउँदै गरेको २ सय ४० बोतल र लुकाएर राखेको २ सय १३ गरी ४ सय ४३ बोतल अनरेक्स नामक लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
पक्राउ परेका दुबै जना र उनीहरूले प्रयोग गरेको म.प्र.०१–००४ प ५९८५ र स ३ प १७२ नम्बरको मोटरसाइकल र दुई वटा मोबाइल नियन्त्रणमा लिइ सम्मानित जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता तथा डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।


