कञ्चनरूप, २६ वैशाख । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर-०१ स्थित कोशी नदीमा एक पुरुषको शव मृत अवस्थामा फेला परेको छ ।
शुक्रबार दिउँसो कोशी ब्यारेज पुल देखी ३ सय मिटर दक्षिण साईड नदीको किनारमा नामथर वतन नखुलेको अन्दाजी वर्ष ४२ को तराई मुलको जस्तो देखिने पुरुष मानिस पानीमा घोप्टो परी मृत अवस्थामा फेला परेका हुन ।
मानिस नदीमा मृत अवस्थामा रहेको खबर ईलाका प्रहरी कार्यालय भारदहमा जानकारी प्राप्त भएपछि प्रहरी बरिस्ठ नायब निरीक्षक गोबिन्द घिसिङ्को नेतृत्वमा गएको प्रहरीको टोलिले घटना स्थल सुरक्षित राखी ईलाका प्रहरी कार्यालय कंचनपुरबाट प्रहरी निरीक्षक सहितको टोलि खटी शवलाई पानीबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ ।
हालसम्म मृतकको नामथर वतन नखुलेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
मृतक पुरुषको शव पोस्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

