रामेछाप, ४ जेठ । जबरजस्ती करणी मुद्दामा फरार रहेका एक कैदीलाई रामेछाप प्रहरीले पुनः पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार जेनजी आन्दोलनका क्रममा फरार भएका प्रतिवादी विक्रम भुजेललाई लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो।
भुजेलमाथि २०८३ साल वैशाख ३१ गते दिउँसो साढे १२ बजेको समयमा जिल्लाकै एक ३५ वर्षीया अपाङ्गता भएकी (फरक क्षमता भएकी) महिलालाई जबरजस्ती करणी गरेको आरोप छ। उक्त घटनापछि फरार रहेका उनलाई खोजतलास गर्ने क्रममा प्रहरीले जेठ ३ गते राति १० बजे रामेछाप नगरपालिका वडा नम्बर १ बाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका भुजेललाई रामेछाप जिल्ला अदालतबाट जेठ ३ गतेदेखि नै लागू हुने गरी ७ दिनको म्याद थप अनुमति लिइएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजन प्रसाद तिम्सिनाका अनुसार हिरासतमा राखी उनीमाथि थप अनुसन्धान भइरहेको छ।












