खेलकुद समाचार समाज

सप्तरीका प्रतिभाशाली क्रिकेट खेलाडी उपेन्द्र रायको निधन

कञ्चनरूप, २६ साउन । सप्तरीका कुशल अलराउन्डर तथा प्रतिभाशाली क्रिकेट खेलाडी उपेन्द्र रायको असामयिक निधन भएको छ। सप्तरीको छिन्नमस्ता गाउँपालिका–१, बरहीविरपुर निवासी रायको निधनप्रति नेपाल क्रिकेट संघ (क्यान) ले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।

नेपाल क्रिकेट संघले रायको निधनले नेपाली क्रिकेट परिवार स्तब्ध र मर्माहत भएको जनाएको छ। संघले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

सप्तरी जिल्लाबाट क्रिकेट क्षेत्रमा योगदान पुर्‍याउँदै आएका रायको निधनले स्थानीय क्रिकेटप्रेमी तथा खेलकुद क्षेत्रलाई समेत ठूलो क्षति पुगेको बताइएको छ।

नेपाल क्रिकेट संघ परिवारले सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै रायप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको हो।

स्व. राय गम्भीर प्रकृतिको क्यान्सरबाट पीडित थिए । उपचारका क्रममा गत साउन २४ गते उनको निधन भएको थियो ।

   

You cannot copy content of this page