रुपन्देही । रुपन्देहीमा सशस्त्र प्रहरीले ५ लाख ५० हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. डण्डा, रुपन्देहीबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–१, भन्सार गल्लीस्थित सीमावर्ती क्षेत्रबाट उक्त लत्ताकपडा बरामद गरेको हो।
प्रहरीका अनुसार आज सोमबार सीमावर्ती क्षेत्रमा खटिएको टोलीले शंकास्पद अवस्थामा रहेका लत्ताकपडा नियन्त्रणमा लिएको थियो। बरामद सामानको कुल मूल्य करिब ५ लाख ५० हजार रुपैयाँ रहेको जनाइएको छ।
बरामद गरिएको लत्ताकपडा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।














