समाचार

बाढीले बगाएर ल्याएको सेफ तोडफोड गरी नगद चोरी गर्ने २९ जना पक्राउ, ९२ लाख बढी नगद बरामद

धादिङ । रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको पैसा राख्ने सेफ फेला पारी तोडफोड गरी नगद चोरी गर्ने २९ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार २०८३ भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको सेफ धादिङको गल्छी गाउँपालिका–४, बेल्खुखोला, त्रिशूली नदीको किनारमा फेला परेको थियो । 

स्थानीय व्यक्तिहरूले उक्त सेफ तोडफोड गरी भित्र रहेको यकिन स्रोत नखुलेको नगद आफैंले छ चोरी गरेको सूचना पाएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

प्रहरीले तत्काल घटनास्थलमा पुगेर छानबिन गर्दा प्रारम्भिक अनुसन्धानका क्रममा २९ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । 

उनीहरूको साथबाट प्रहरीले कुल रु. ९२,६८,५०५/- (बयानब्बे लाख अरसठ्ठी हजार पाँच सय पाँच रुपैयाँ) नगद बरामद गरेको छ।

नियन्त्रणमा लिइएका व्यक्तिहरू:

​१. पवन पौडेल (२७ वर्ष) – गल्छी गा.पा.-४, मासटार

२. बिर ब. राना मगर (४१ वर्ष) – गल्छी गा.पा.-४, मासटार

३. बिनोद गिरी (३५ वर्ष) – गल्छी गा.पा.-४

४. नवराज भेटुवाल (३३ वर्ष) – गल्छी गा.पा.-४

५. पुर्ण लाल श्रेष्ठ (४० वर्ष) – गल्छी गा.पा.-४

६. बिष्णुमणि अधिकारी (३१ वर्ष) – गल्छी गा.पा.-४

७. कृष्ण मगर (३६ वर्ष) – गल्छी गा.पा.-४

८. शिब ब. राना मगर (४९ वर्ष) – गल्छी गा.पा.-४

९. युवराज अधिकारी (४६ वर्ष) – गल्छी गा.पा.-४

१०. सुशान्त श्रेष्ठ (४७ वर्ष) – गल्छी गा.पा.-६, आदमघाट

११. सुचिम ब. राना मगर (४६ वर्ष) – गल्छी गा.पा.-४, मासटार

१२. सबिन श्रेष्ठ (२४ वर्ष) – गल्छी गा.पा.-४, मासटार

१३. प्रेम ब. राना मगर (४३ वर्ष) – गल्छी गा.पा.-४, मासटार

१४. अनिल भेटुवाल (१९ वर्ष) – गल्छी गा.पा.-४, मासटार

१५. राम शरण सुवेदी (४९ वर्ष) – गल्छी गा.पा.-४, मासटार

१६. मिन ब. राना मगर (३८ वर्ष) – गल्छी गा.पा.-४, मासटार

१७. देवन्द्र राना मगर (३२ वर्ष) – गल्छी गा.पा.-४, मासटार

१८. दिपक तामाङ (३१ वर्ष) – गल्छी गा.पा.-४, मासटार

१९. राज कुमार भेटुवाल (३६ वर्ष) – गल्छी गा.पा.-४, मासटार

२०. दिनेश अधिकारी (२९ वर्ष) – गल्छी गा.पा.-४, मासटार

२१. दिनेश पुलामी (३० वर्ष) – गल्छी गा.पा.-४, मासटार

२२. टेक ब. राना मगर (३० वर्ष) – गल्छी गा.पा.-४, मासटार

२३. सन्तोष श्रेष्ठ (३२ वर्ष) – गल्छी गा.पा.-४, मासटार

२४. सानुभाइ श्रेष्ठ (३६ वर्ष) – गल्छी गा.पा.-८, सिमपानी

२५. सानु खतिवडा (४९ वर्ष) – सिद्धलेक गा.पा.-७, आदमटार

२६. विचारी आले मगर (२९ वर्ष) – चितवन राप्ती न.पा.-६ (हाल गजुरी गा.पा.-८, आदमघाट)

२७. नारायण श्रेष्ठ (३२ वर्ष) – गल्छी गा.पा.-८, सिमपानी

२८. अग्नि आले मगर (२० वर्ष) – गल्छी गा.पा.-८, सिमपानी

२९. सकुर अन्सारी (२८ वर्ष) – पर्सा बहुदरीमाई न.पा.-९ (हाल गजुरी गा.पा.-६, आदमघाट)

बरामद नगदको स्रोत तथा घटनामा संलग्न अन्य सम्भावित व्यक्तिहरूबारे समेत आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी प्रकाश दाहालका अनुसार बरामद नगदको वैधानिक स्रोत, बाढीमा बगेको सेफ कसको हो भन्ने विषय तथा घटनामा संलग्न हुन सक्ने अन्य सम्भावित व्यक्तिहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

You cannot copy content of this page