समाचार

सिरहामा ११० किलो ७६० ग्राम गाँजासहित तीन जना पक्राउ

सिरहा, १७ असोज । सिरहामा सशस्त्र प्रहरीले ११० किलो ७६० ग्राम प्रतिबन्धित लागूऔषध गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

विशेष सूचनाका आधारमा शनिबार सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वाटर सिरहाबाट खटिएको टोलीले सिरहाको औरही गाउँपालिका–१ स्थित दरैया इलाकामा चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार ६ वटा बोरामा लुकाइछिपाइ लैजाँदै गरिएको ११० किलो ७६० ग्राम गाँजासहित तीन जनालाई नियन्त्रणमा लिइएको थियो।

नियन्त्रणमा लिइएका व्यक्तिहरू तथा बरामद गाँजा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

You cannot copy content of this page