बिहीबार, २७ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २७ कात्तिक २०८३
समाचार

मकवानपुरमा माइक्रोबस दुर्घटना : चालकसहित १० जनाको मृत्यु, ५ घाइते

मकवानपुर । मकवानपुरमा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा चालकसहित १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

जिल्लाको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा बिहीबार बिहान यात्रुवाहक माइक्रोबस करिब ५०० मिटर तल भिरमा खस्दा भीषण दुर्घटना भएको हो ।

प्राप्त जानकारीअनुसार आज बिहान करिब ५ः४५ बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट तल भिरमा खसेको थियो ।

दुर्घटनाको समयमा माइक्रोबसमा चालकसहित १४ जना सवार रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ । दुर्घटनामा चालकसहित १० जनाको घटनास्थलमै मृत्यु भएको र पाँच जना घाइतेको उद्धार गरिएको जनाइएको छ ।

घाइतेहरूलाई उद्धार गरी उपचारका लागि पठाइएको छ । मृतक तथा घाइतेहरूको पहिचान, दुर्घटनाको कारण र घटनाबारे थप विस्तृत विवरण आउन बाँकी रहेको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page