बिहीबार, ४ मंसिर २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, ४ मंसिर २०८३
समाचार

मकवानपुरमा सुमो जिप दुर्घटना : ३ जनाको मृत्यु, ७ जना घाइते

मकवानपुर, ३ मंसिर । मकवानपुरमा यात्रुवाहक सुमो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेस्थित हेटौँडा–भैँसे सडकखण्डमा बुधबार बिहान सुमो जिप दुर्घटना भएको हो ।

प्रहरीका अनुसार बिहीबार बिहान करिब ८:३५ बजे रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौंका लागि आउँदै गरेको ना.१ ज २१४३ नम्बरको यात्रुवाहक सुमो जिप घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेको थियो ।

दुर्घटनामा सुमो चालकसहित १० जना घाइते भएका थिए । घटनालगत्तै प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएको थियो ।

अस्पताल पुर्‍याइएका घाइतेमध्ये तीन जनालाई बिहान ९:२० बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । बाँकी सात जना घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page