बुधबार, १० मंसिर २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बुधबार, १० मंसिर २०८३
समाज

ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र फत्तेपुरद्वारा जेष्ठ नागरि सम्मानित 

खगेन्द्र कार्की 

सप्तकोसी, ९ मंसिर । ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र, सप्तकोसी नगरपालिका–१, फत्तेपुरद्वारा  बुधबार जेष्ठ नागरिकलाइ सम्मान गरेको छ ।

ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र, सप्तकोसी नगरपालिका–१, फत्तेपुरको रजत जयन्ती समारोहको सुखद अवसरमा आयोजित मङ्सिर ५ गते देखि ९ गते सम्म्स संचालित पाँचदिने विशेष प्रवचन कार्यक्रमको समापनसंगै सप्तकोसी नगरपालिका वडा न १ फत्तेपुरमा रहेका ८० बर्षमाथिका ८२ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

“शान्त मन, सकारात्मक सोच, प्रभावकारी नेतृत्व” “सकारात्मक ऊर्जा, उज्ज्वल भविष्य” भन्ने मूल नाराका साथ सकारात्मक सोचद्वारा रचनात्मक जीवनशैली विषयमा अन्तर्राष्ट्रिय पुरस्कारले सम्मानित बरिस्ठ राजयोग प्रशिक्षक ब्रह्माकुमार राजु घलेज्यूद्वारा प्रस्तुत पाँचदिने प्रेरणादायी प्रवचनले सहभागीहरूमा आध्यात्मिक चेतना, आत्मविश्वास, सकारात्मक ऊर्जा र जीवनप्रतिको नयाँ दृष्टिकोण विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको सप्तकोसी नगरपालिकाका निबर्तमान नगरप्रमुख उत्तमकुमार शर्माले बताए।

कार्यक्रमको समापन अवसरमा फत्तेपुर क्षेत्रमा रहनुभएका ज्येष्ठ नागरिकहरूलाई ओमा शान्तिको खादा रुद्राक्षको माला सम्मान पत्र सहित चिसोबाट बचाउन सेक्ने हटवाटर ब्यागले सम्मान गरिएको ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र, सप्तकोसी नगरपालिका–१, फत्तेपुरकि सन्चालिका मिरा यादवले जानकारी दिनु भयो।ज्येष्ठ नागरिक हाम्रो समाजका अनुभव, ज्ञान, संस्कार र प्रेरणाका अमूल्य धरोहर हुनुहुन्छ। उहाँहरूको सम्मान गर्नु भनेको हाम्रो संस्कृति, सभ्यता र मानवीय मूल्यको सम्मान गर्नु हो मेरो धेरै बर्ष अगाडि देखिको जेष्ठ नागरिक सम्मान गर्ने  इक्छा आज पूरा भएकोमा खुशी ब्याक्त गरिन ।

कार्यक्रममा बोल्दै नगरप्रमुख कृष्ण प्रसाद ढकालले भने ब्रह्माकुमारी राज उप सेवा केन्द्र फत्तेपुरको यो यो कार्य अत्यन्तै प्रेरणादायी र प्रसंसनिय रहेको र  यस्ता आध्यात्मिक, सामाजिक तथा सकारात्मक चेतना अभिवृद्धि गर्ने कार्यक्रमले समाजमा शान्ति, सद्भाव, एकता र सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको बताए ।

ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र  सप्तकोसी नगरपालिका फत्तेपुरले आफ्नो स्थापनाको २५ औं बर्ष पूरा गरेको अबसरमा मङ्सिर १२ गते रजत जयन्ती ब्रह्माकुमारीज नेपालकि निर्देशक राजयोगिनी डा .राज दादी मा को प्रमुख आतिथ्यतामस विभिन्न जातीय भेषभुषा सहितको झाकी सहित सोभा यात्रा तथा सास्कृतिक   कार्यक्रमको आयोजना गरि रजत जयन्ती मनाउने भएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page