राजविराज, १२ मंसिर । सप्तरीमा २०१ जना एचआईभी संक्रमित रहेको तथ्यांक सार्वजनिक भएको छ ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको तथ्यांकअनुसार जिल्लामा एचआईभी संक्रमितको संख्या २०१ पुगेको हो ।
सार्वजनिक तथ्यांकमा संक्रमितमध्ये १०६ जना पुरुष, ८४ जना महिला र १० जना बालबालिका रहेको उल्लेख छ ।
एचआईभी संक्रमणसम्बन्धी तथ्यांकले जिल्लामा जनचेतना, परीक्षण तथा उपचार सेवाको पहुँचलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाएको छ ।
सप्तरीमा २०१ जना एचआईभी संक्रमित







