शनिबार, १५ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर शनिबार, १५ कात्तिक २०८३
समाचार

युट्युब च्यानल मार्फत महिलाको चरित्र हत्या गर्ने ४ जना युट्युब च्यानलका सञ्चालक पक्राउ

काठमाडौं । युट्युब च्यानल मार्फत महिलाको चरित्र हत्या हुने र समाजमा घृणा तथा द्वेष फैलाउने सामग्री प्रशारण गरेको भन्दै ४ जना युट्युब च्यानलका सञ्चालक पक्राउ परेका छन् । साइबर ब्यूरोले काठमाडौंबाट ४ जना युट्युब च्यानलका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक तुलसीपुर उप महानगरपालिका १७, दाङका प्रदीप भण्डारी, हरेक पलको खबर युट्युब च्यानलका सञ्चालक सूर्यगढी गाउँपालिका ३, नुवाकोटका शिशिर अधिकारी, सराइचुली मिडिया युट्युब च्यानलकी सञ्चालिका वेलवारी नगरपालिका ९, मेरङकी पिंकला कार्की र मोर्डन अनलानइन टिभी युट्युबको सञ्चालक मेलुङ गाउँपालिका ४, दोलखाका रोधन तामाङ रहेका छन् ।
उनीहरुमाथि विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page