राजनीति

प्रदेश २ सरकार भ्रष्टाचारमा लिप्त भयो : नेता लेखी

बृजमान तामाङ /
बिरेन्द्र बजार, १८ कार्तिक ।
नेकपा एमालेका नेता राज कुमार लेखीले प्रदेश २ सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छ्न ।
सप्तरीको अग्नीसाईर कृष्णासवरण ४ स्थित विशाल चौकमा विहिवार एमाले गाउँपालिका समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
एमालेले गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै नेता लेखीले प्रदेश २ सरकारले आन्दोलनको एजेन्डालाई बिर्सिएर बताए । मधेश, आदिबासी, थारु, दलित आन्दोलनको बलमा प्रदेश २ सरकार गठन भयो, नेता लेखीले भने, कठोर संघर्षबाट प्राप्त संबैधानिक अधिकार आदिवासी,थारु, दलित, मधेशी, मुश्लिम, महिला आयोग गठन गर्न प्रदेश २ सरकार तत्पर भएन ।

नेता लेखीले पहिचानको आन्दोलनलाई बदनाम गर्ने नियतले प्रदेश सरकार काम भन्दा कमाउन अग्रसर देखिएको आरोप लागाए । प्रदेश २ सरकार संघीयताको मर्म बिपरित अघि बढे ,नेता लेखीले भने, आन्दोलनको बलमा प्राप्त उपलब्धि रक्षा गर्नु भन्दा जसरी पनि कमाउने धन्दामा लाग्दा प्रदेश सरकार भ्रष्टाचारमा लिप्त हुन पुग्यो । नेता लेखीले एमाले मात्र गरिवी, शोषण,उत्पिडन भेदभाव र आसमानता बिरुद्ध लड्ने पार्टी भएको दाबी गरे ।
एमाले नेतृत्वको ओलि सरकारको पालमा आदिवासी, मधेसी, थारु, मुश्लिम, महिलाको अधिकार सुनिश्चित गरेको चर्चा गर्दै कार्यक्रमका प्रमुख अतिथि नेता लेखीले सम्मान अवसर र अधिकार प्राप्तिका लागि एमालेमा गोलबद्व हुन आग्रह गरे । नेता लेखीले आगामी चुनावपछि एमाले देशकै ठूलो पार्टी बन्ने दाबी गरे । जताततै एमाले प्रती आकर्षण बढेको बताउदै लेखीले एमाले राष्ट्रिय राजनीतिको केन्द्र बिन्दु रहेको उल्लेख गरे ।

कार्यक्रममा एमाले प्रदेश २ का सदस्य बोधराज सुबेदी, जिल्ला सदस्य एवम् अग्नीसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर ६ की अध्यक्ष कुशुम आचार्य, आदिबासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङ, थारु कल्याण कारिणी सभाका केन्द्रिय सदस्य सावित्री चौधरी, नेपाल कर्मचारी संगठन सप्तरीका अध्यक्ष राम नारायण महतो, नेपाल राष्ट्रिय शिक्षक संगठन सप्तरीका अध्यक्ष चन्द्रदेव चौधरी, शैलेन्द्री देवी चौधरी लगायतले शुभकामना मनतव्य व्यक्त गरे ।
एमाले अग्नीसाईर कृष्णासवरण गाउँपालिकाका सचिब बिनोद कुमार चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत जिल्ला सदस्य वद्री नारायण चौधरीले गरे ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page