राजनीति

मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि एमाले र लोसपा बिच गठबन्धन

यही १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा मधेश प्रदेशमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बीच गठबन्धन बनेको छ ।
मधेश प्रदेश कमिटी अध्यक्ष राम औतार यादव र लोसपा मधेश प्रदेश समिति अध्यक्ष जितेन्द्र सोनलले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा दुवै पार्टीबीच गठबन्धन बनेको जानकारी दिएका हुन् ।
उनीहरूका अनुसार एमालेका उम्मेदवार उसमान अंसारी (सूर्य छाप) र महिलातर्फ लोसपाका उम्मेदवार रुपाकुमारी यादव (साईकल छाप) लाई मतदान गर्ने सहमति भएको छ । मधेस प्रदेशका जनताको चाहना र भावनालाई ध्यानमा राखि एमाले र लोसपाबीच सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रिय सभा सदस्यको निर्वाचन यही १२ माघमा निर्वाचन हुँदै छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page