राजनीति

मुस्लिम इत्तेहाद संगठन नगर अधिवेशन तयारी समितिको संयोजकमा जैनुदिन मियाँ

कञ्चनरुप , १ माघ । नेपाल मुस्लिम इत्तेहाद संगठन कञ्चनरुप नगरपालिकाको नगर अधिवेशन माघ १५ गते हुने भएको छ ।
शनिवार कञ्चनरुप ९ स्थित रहेको फूलवारी पार्टी प्यालेशमा बसेको संगठनको बैठकले माघ १५ गते बरमझियामा नगर अधिवेशन गर्ने निर्णय गरेको हो । सोही बैठकले जैनुदिन मियाँको संयोजकत्वमा २९ सदस्यीय अधिवेशन तयारी समिति समेत गठन गरेको छ ।
नेकपा एमाले प्रदेश नमबर २ का सदस्य मो. कलिम राइनले समृद्ध नेपाल र शुखी नेपाली बनाउने सपना एमालेले मात्र पुरा गर्ने भएकाले सम्पूर्ण मुस्लिम समुदायहरु एक जुट भई एमालेमा लाग्नुपर्ने बताउनु भयो ।
नेपाल मुस्लिम इत्तेहाद संगठन सप्तरीका संयोजक मो. मुस्तफा, राष्ट्रिय युवा संघ नेपाल कञ्चनरुप नगर अध्यक्ष जैनुदिन मियाँ लगायत वक्ताहरुले एमालेले मात्र मुस्लिमहरुको हक अधिकार सुनिश्चित गर्ने भएकाले दुविधामा नपरी सम्पूर्ण मुस्लिम समुदायहरु एमालेमा आबद्ध हुनुपर्ने बताउनुभएको थियो ।
एमाले प्रदेश नमबर २ का सदस्य मो. कलिम राइनको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page