बृजमान तामाङ
राजविराज, ७ माघ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ९ स्थित संचालित जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड हनुमाननगर शाखाद्वारा शुक्रबार १० जना ठण्डिपिडित परिवारलाई बल्यांकेट वितरण गरेको छ ।
स्थानीय ठण्डिपिडित विपन्न परिवारका एकल महिला तथा बृद्धबृद्वाहरुलाई संस्थाद्वारा बल्यांकेट वितरण गरेका हुन ।
हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष डा. गुलामरसुलको अध्यक्षतामा आयोजित एक कार्यक्रमका विच संस्थाका शाखा प्रमुख सुवेल खानले ठण्डिपिडित एकल महिला तथा बृद्वबृद्वाहरुलाई बल्यांकेट हस्तान्तरण गरे ।
कार्यक्रममा बोल्दै शाखा प्रमुख खानले संस्थाको सामाजिक उत्तरदायी कार्यक्रम अन्तर्गत विपन्न एकल महिला र बृद्धबृद्वाहरुलाई ठण्डिबाट जोगाउने उदेश्यले बल्यांकेट वितरण गरेको बताए ।
जीवन विकास लघुवित्त वित्तीय संस्था हनुमाननगर शाखाद्वारा आयोजित कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि,जनप्रतिनिधि, सुरक्षाकर्मी, संचारकर्मी लगायतका संस्थाका कर्मचारीहरुको उपस्थित रहेको थियो ।
Add Comment