समाज

धर्मिहल्फाद्वारा ल्होछारको अबसरमा १५ परिवार ठण्डिपिडित डोम समुदायलाई बल्यांकेट वितरण

बृजमान तामाङ /
राजविराज, २० माघ ।
सप्तरीको छिन्नामस्ता गाउँपालिका वडा नम्बर ३ सखडाका १५ परिवार ठण्डिपिडित डोम समुदायलाई बुधबार बल्यांकेट वितरण गरिएको छ ।
धर्मिहल्फा महिला विकास क्लब सप्तरीद्वारा तामाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व २८५८ औं सोनाम (ताक) ल्होछारको अबसरमा बिपन्न ठ्ण्डी डोम परिवारलाई बल्यांकेट वितरण गरेको हो ।
क्लबका अध्यक्ष सामाजसेवी ईन्जिनियर सूर्य नारायण यादवले जाडोले कष्ट खेपिरहेका १५ डोम परिवारलाई घरमै गएर १ थानको दरले बल्यांकेट वितरण गरे । बल्यांकेट वितरण गर्दै क्लबका अध्यक्ष समाजसेवी ईन्जिनियर यादवले जाडोका कारण कष्ट खेपिरहेका बिपन्न डोम समुदायका जेष्ठ नागरिक, महिला तथा बालबालिकालाई जाडो छ्ल्न सहज होस भनी सोनाम ल्होछारको अबसर पारेर सानो सहयोग गरेको बताए ।

बल्यांकेट वितरण कार्यक्रममा साविक लालपट्टी गाउँविकास समितीका अध्यक्ष निर्मल यादव, उपाध्यक्ष गोबिन्द मण्डल, छिन्नामस्ता गाउँपालिकाका पशु स्वास्थ्य शाखा प्रमुख चन्द्र नारायण पण्डित, अशोक कुमार सिंह, अशोक मण्डल लगायत समेतको उपस्तिथि रहेको थियो ।
जाडोको समयमा लुगाको अभाव भएकोले निकै कष्ट खेपीरहेको अबस्थामा धर्मिहल्फाद्वारा हरेक बर्ष न्यानो लुगा दिने गरेको भन्दै ठ्ण्डिपिडितहरुले खुशी ब्यक्त गरेका छ्न ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page