समाज

सप्तरीको बोदे बर्साइन सारस्वरमा आगलागी हुँदा लाखौंको क्षति

राजविराज, २० माघ । सप्तरीको बोदे बर्साईन नगरपालिका ३ स्थित सारस्वरमा बिहिवार आगलागी हुँदा लाखौको क्षति भएको छ । सो आगलागीबाट दुई वटा घर र ६ वटा परालको कुन्यो पूर्णरुपमा जलेर नष्ट हुँदा लाखौं बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
स्थानीय सन्तोष कुमार साहको २ वटा एलिबेस्टरको घर तथा २ वटा परालको कुन्यो जलेर नस्ट भएको छ । त्यसैगरी अजय साह, सिताराम साहको ४ वटा परालको कुन्यो जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीमा घरभित्र रहेको सम्पूर्ण सामग्री पनि जलेर नष्ट भएको पीडित सन्तोष कुमार साहले बताए । घर निर्माण गर्न घरमा राखिएको काठका सम्पूर्ण सरसामान समेत जलेर खरानी भएको उनको भनाइ छ ।
त्यस्तै आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाडावर्तन , जिन्सी र घरभित्र रहेका काठ सामान जलेर खरानी हुँदा करिब २ लाख मूल्य बराबरको क्षति भएको हुन सक्ने इलाका प्रहरी कार्यालय बोदे बर्साईनको प्रारम्भिक अनुमान छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page