डम्बर राई /
कञ्चनरुप (सप्तरी),माघ २९ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जनवर्गिय संगठन नेपाल उत्पिडित जातिय मुक्ति समाजको अधिवेशन फागुन ११ गते कञ्चनरुप नगरपालिका ३ स्थित बरमझियामा हुने भएको छ ।
शनिवार कञ्चनरुप नगरपालिका ८ स्थित सर्वोदय माविको पूरानो छात्रावास प्राङ्गणमा बसेको नगर स्तरीय भेलाले समाजको प्रथम नगर अधिवेशनको मितिसंगै आर्थिक, प्रचार प्रसार र व्यवस्थापन समिति लगायत अधिवेशन तयारी समिति गठन गरेको मुक्ति समाजका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज डिग बहादुर विश्वकर्माले बताउँनुभयो ।
मन्नु कुमार पासवानको संयोजकत्वमा पाँच सदस्य प्रचार प्रसार समिति र संजय पासवानको संयोजकत्वमा तीन सदस्य आर्थिक तथा व्यवस्थापन समिति गठन गरेको छ । प्रचार प्रसार समितिको सदस्यहरुमा जगदेव सदा, इन्द्रजीत दास, सीता विक. र अजय कुमार पासवान छन् भने व्यवस्थापन समितिको सदस्यहरुमा समलुदेवी सदा र डिग बहादुर विक. छन् । सो नगर अधिवेशनको तयारीका लागि पार्टीका सबै तह र तप्काका जिम्मेवार नेता तथा कार्यकर्ताहरुको सहयोग रहने आयोजित भेलाले निर्णय गरेको छ ।
मुक्ति समाजको केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज डिग बहादुर विकको अध्यक्षतामा आयोजित भेलामा केन्द्रिय सदस्यद्वय तथा सप्तरी पार्टी इन्चार्ज दिवाकर देवकोटा, सह इन्चार्ज सरीता गिरी, प्रदेश सदस्य एवं कञ्चनरुप नगर प्रमुख बसन्त कुमार, आसरा देवी चौधरी, श्याम पोखरेल, मो कलिम, बुधन झा यसैगरी जिल्ला सदस्य डम्बर राई, उत्तम आचार्य, हरीहर बस्नेत, पेशल जोशी, ललित गोजेवार, शिव नारायण साह, अरुण कुमार यादव, केदार खतिवडा र नगर सदस्यहरु तथा पार्टीका जनवर्गिय संगठनका स्थानिय पदाधिकारी एवं कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
Add Comment