समाचार

सप्तकोसी नगरपालिकामा लगाइएको ताला नगरपालिका प्रशासनद्वारा खुल्ला

खगेन्द्र कार्की /
फत्तेपुर, ६ फाल्गुन ।
सप्तरीको सप्तकोसी नगरपालिकामा चार दलिय गठबन्धनले बिहिवार गरेको तालाबन्दी नगरपालिकाले शुक्रबार खुल्ला गरेको छ । आन्दोलनरत पक्षलाई पटकपटक बार्तामा बोलाउदा नआएपछि प्रशासनको रोबहरमा जनप्रतिनिधि र कर्मचारी भएर ताला खोलिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामदेव चौधरीले बताए ।
चौधरीका अनुसार आन्दोलनरत पक्षले विभिन्न ६ बुदे माग सहित ज्ञापनपत्र बुझाएता पनि सूचना लिन कोहि नआएको र एक्कासि तालाबन्दी गरिएको बताए । नगरपालिका मागेको सूचना जुनसुकै बेला उपलब्ध गराउन तयार रहेको समेत बताए ।
सोहि तालाबन्दीको बिषयमा नगर प्रमुख उत्तम कुमार शर्मा संग बुझ्दा तालाबन्दी गर्नु अगाडि नै आन्दोलनरत दललाई बार्ताको माध्यमबाट निकास निकालौ प्रतिनिधि आउनु भनेर भन्दा भन्दै तालाबन्दी गरियो । नगरपालिका आन्दोलनरत पक्ष जुनसुकै बेला सूचना उपलब्ध गराउन तयार रहेको र कार्यपालिकाको बैठक बाटै निर्णय गरिसकिएकोले सुचना उपलब्ध गराउने गरि ताला खोलिएको बताए ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले संयुक्त रुपमा बिहीबार सप्तकोसी नगरपालिकाको नगर प्रमुखको कार्यकक्ष, योजना प्रमुखको कार्यकक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, लेखा शाखा र प्राविधिक शाखामा ताला लगाएका थिए।
महालेखा नियन्त्रण कार्यलयबाट सप्तकोसी नगरपालिकाको बेरुजुको विवरण तथा आन्तरिक लेखापरीक्षणको विवरण गराइ नगरकार्यपालिका र नगर शभाबाट पारित गरि कानुनी कार्बाहि सम्बन्धि निर्णयको विवरण उपलब्ध गराउनु पर्ने, राष्ट्रिय मा बि फत्तेपुर को भवन निर्माण को मापदण्ड ठेक्का प्रक्रिया र अङ्ग्रेजी माध्यम कक्षा संचालन खर्च ब्याबस्थापन्को विवरण उपलब्ध गराउनु पर्ने, आर्थिक वर्ष २०७८र०७९ मा नगरभित्रका सम्पूर्ण ११ वटै वडाका योजनाहरूको कार्यान्वयन तुरुन्त गर्नुपर्ने, कोभिड नियन्त्रणका नाममा भएको खर्च विवरण उपलब्ध गराउनुपर्नेसहित ६ बुँदे माग सहित चार राजनीतिक दलले तालाबन्दी गरेका थिए।
सप्तकोसी नगरपालिकामा रहेका चार दलले यसअघि नगरपालिकामा गत माघ २४ गते ६ बुँदे ज्ञापन पत्र बुझाउँदै ७ दिनभित्र माग पूरा गर्न अल्टीमेटम दिएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page