कञ्चनरुप(सप्तरी), ८ चैत्र । सप्तरीको कञ्चनरुपबाट लागूऔषध सहित एक युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका १ बस्ने वर्ष ३६ को श्याम कुमार कार्की रहेका छन ।
जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्बर ७ स्थित बलुवा चोकमा सोमबार धरमपुर प्रहरी चौकीबाट खटिएको प्रहरी गस्ती टोलीले कंचनपुरदेखि फत्तेपुर तर्फ जादै गरेको पैदल यात्री कार्कीलाई शंका लागि चेक जाँच गर्दा पिठ्युमा बोकेको कालो झोलाबाट लागूऔषध बरामद भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।
कार्कीको साथबाट डाईजेपाम ४५ पिस (एम्पुल), प्रोमेथाजाईन ४७ पिस (एम्पुल साबुत), लेगेसिक ४४ पिस (एम्पुल साबुत), सिरिन्ज नयाँ २ पिस, एक पिस प्रयोग भएको सिरिन्ज, डाईजेपाम ३ पिस फुटेको, प्रोमेथाजाईन ३ पिस फुटेको र लेगेसिक ३ पिस फुटेको बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका कार्कीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कञ्चनपुरमै राखी थप अनुसन्धान भइरहेको जनाइएको छ ।
सप्तरीको कञ्चनरुपबाट लागूऔषध सहित उदयपुरका कार्की पक्राउ














Add Comment