अर्थतन्त्र

सप्तकोसीमा तीन महिने मोटरसाइकल मर्मत तथा सीप बिकास तालिम सम्पन्न

फत्तेपुर सम्वाददाता । घरेलु तथा साना उधोग कार्यालय सप्तरीद्वारा आयोजित तीन महिने मोटरसाइकल मर्मत तथा सीप बिकास तालिम सम्पन्न भएको छ ।
सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर ४ स्थित बलार्दह चोकमा आयोजित उक्त तालिममा सप्तकोसी नगरपालिका भरिका १५ जना युवाहरुको सहभागीता रहेको घरेलु राजबिराजका उधम बिकास सहजकर्ता बिरेन्द्र प्रसाद साहले बताए।
समापन कार्यक्रमका अध्यक्ष घरेलु कार्यालय राजबिराजका प्रमुख सन्तोष साहले तालिममा सहभागी भएका युवाहरुलाई तालिम लिइसकेपछी ब्याबसायिक रुपमा अघि बढ्न आग्रह गरे।

कार्यक्रममा बोल्दै सप्तकोसी नगरपालिका वडा नम्बर ४ की सचिव सुनिता श्रेष्ठले आफूले सिकेको सिपलाई अवसरमा बदल्न सहभागीहरुलाई प्रेरणा दिनुभयो। कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपाल सप्तरीका सचिव शिव आचार्यले घरेलु कार्यालयले दिने यस्ता तालिमहरु बिरलै मात्र पाइने हुनाले यो तालिम पछिको सिपलाई अबसरमा बदल्न आग्रह गरे।
तालिमको सहजिकरण स्थानीय युवा बिनोद मुखियाले गरेका थिए। भगत सर्वजित कार्यक्रम अन्तरगतको मोटरसाइकल मर्मत तथा सीप बिकास तालिम समापन कार्यक्रमको सन्चालन घरेलु राजबिराजका उधम विकास सहजकर्ता भाष्कर पाण्डेले गरेका थिए।

   

You cannot copy content of this page