कञ्चनरुप, १२ वैशाख । देवी बहादुर खत्रीले यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी एमाले कञ्चनरुप नगरपालिका वडा नम्बर १२ बाट वडा अध्यक्ष पदका लागि मनोनयन दर्ता गर्नुभएको छ ।
उहाँहरुले आज (सोमबार) निर्वाचन अधिकृतको कार्यालय कंचनपुरमा दर्ता गराउनुभएको हो । उहाँ यस अघि २०७४ सालमा भएको स्थानिय तहको निर्वाचनमा वडा अध्यक्ष पदमा निर्वाचत हुनु भएको थियो । फेरी पनि पार्टीले विश्वास गरेर आफुलाई टिकट दिएको प्रति अभार व्यक्त गर्नुभयो ।
उम्मेदवारी दर्ता गर्दै खत्रीले आफू नेकपा एमालेबाट उम्मेदवारी दिए पनि सबैको साझा उम्मेदवार भएको बताउनु भएको छ । मैले वडा अध्यक्ष पद जितेर कञ्चनरुप १२ को विकास गर्न चाहन्छु ,कञ्चनरुप १२ को समृद्धिका लागि कञ्चनरुप १२ वासीले आफुँलाई भोट दिएर जिताउनु पर्ने बताउनुभयो ।
उहाँ भन्नुभयो ‘यस अघि पुरा हुन बाँकी रहेका कामहरूलाई व्यवस्थित रुपमा गुरुयोजना बनाएर अघि बढ्ने बताउनु भयो ।
Add Comment