कञ्चनरुप, १ जेठ । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर १२ मा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार देवी बहादुर खत्री प्यानलसहित विजयी भएका छन् ।
एमालेकाका उम्मेदवार खत्रीले ७ सय ३३ मत ल्याई वडा अध्यक्षमा विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुरज पोखरेलले ६ सय १८ मत ल्याएका छन्।
एमालेकै खुला सदस्य जैनुदिन मियाँले ७६४ मत र दिपक भट्टराईले ७५२ मत तथा महिला सदस्य सीता पौडेलले ७८१ मत, दलित महिला सदस्य जलपा विश्वकर्माले ८१८ मत ल्याई विजयी भएका छन्।
Add Comment