काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्यवृद्धि गरेको छ । निगमले प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्दै पेट्रोलको मूल्य १८० पुर्याएको हो ।
आइतबार रातिबाट लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ ।
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यमा पनि २ सय रुपैयाँले बृद्धि गरेको छ । निगमले खाना पकाउने ग्यासको मूल्य २०० ले बढाएर १८०० पुर्याएको छ ।
आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो ।
Add Comment