काठमाडौँ । वृद्धभत्ता अब ६८ वर्षमै पाइने भएको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो । यो व्यवस्था आगामी साउनबाट लागू हुनेछ ।
हाल ७० वर्षमाथिको ज्येष्ठ नागरिक समूहलाई दिँदै आएको सामाजिक सुरक्षाभत्ता अब ६८ वर्षमा उपलब्ध गराइने व्यवस्था गरिएको हो ।
आगामी आर्थिक वर्षका १ खर्ब ३४ अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ ।
Add Comment