कञ्चनरुप, १७ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिकाको नगर कार्यपालिकाका नव निर्वाचित सदस्यहरुको मंगलवार सपत ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।
नव निर्वाचित कार्यपालिका सदस्यहरुलाई नगर प्रमुख ललन प्रसाद गुप्ता र उपप्रमुख मुना पोखरेलले सपत ग्रहण तथा प्रमाणपत्र वितरण गरेका थिए ।
नगर कार्यपालिका सदस्य पदका लागि शनिवार सम्पन्न निर्वाचनमा नेकपा एमालेका ४ जना, जसपाका ३ जना र काँग्रेसका १ जना गरी ८ जना उम्मेदवार निर्वाचित भएका थिए । गत वैशाख ३० गते निर्वाचित भएको नगरप्रमुख, नगर उपप्रमुख वडा अध्यक्ष वडा सदस्यहरुले मतदान गरेका थिए ।
एमाले र जसपा नेपालको गठबन्धले कार्यपालिका सदस्य पदमा ७ वटा सदस्यमा जित हासिल गरेको हो ।
एमालेको तर्फबाट महिला सदस्यमा गीता देवी चौधरी ,मंजु देवी खंग र सीता कुमारी पौडेल तथा दलित वा अल्पसङख्यक सदस्यतर्फ तनुक लाल बरहीले निर्वाचित भएका थिए भने जसपाको तर्फबाट महिला सदस्यमा रन्जु कुमारी सरदार , दलित वा अल्पसङख्यक सदस्यतर्फ शोभा पासवानले र सुरेश कुमार पंजियार विजय भएका छन् ।
महिला सदस्यमा जसपाकी महिमा कुमारी महतोले ३१ मत र नेपाली काँग्रसकी चन्द्रीका देवी खंगले ३१ मत ल्याएकाले दुबै जनाको गोला प्राथाबाट नेपाली काँग्रसकी चन्द्रीका देवी खंग विजय भएकी कञ्चनरुप नगरपालिका निर्वाचन अधिकृत हिमालय बरालले जानकारी दिए ।
कार्यपालिका सदस्यहरुको पालिकामा महत्वपुर्ण भुमिका रहने भएकाले पालिकाका कार्यक्रम कार्यपालिका सदस्यबाट अनुमोदन भएपछि लागुहुने व्यवस्था छ ।
नगरपालिकाले पूर्णता पाएको छ । कार्यपालिका सदस्यसँगै पालिकालाई नियमित कार्य सञ्चालन गर्ने ढोका खुल्ला भएको छ ।
Add Comment