राजनीति

सप्तरीमा एमालेको विभिन्न संगठनद्वारा मूल्‍यवृद्धिको विरोधमा मसाल जुलुस प्रदर्शन

कञ्चनरुप (सप्तरी), ९ असार । नेकपा एमालेको विभिन्न संगठनले पेट्रोलियम पदार्थ, खाधान्न लगायत दैनिक उपभोग बस्तुमा भएको चरम मुल्यवृद्धी, अर्थमन्त्रीले बजेटमा सेटिङ गरेको विरुद्धमा सप्तरीको राजविराजमा मशाल जुलुस निकालेको छ ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने सरकारको निर्णयलगायतका विषयलाई लिएर नेकपा एमाले सप्तरी, नेपाल बुद्धिजीवी परिषद् सप्तरी, राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले संयुक्त रुपमा प्रदर्शन गरेको हो ।

बिभिन्न नाराजुलुससहित विरोध प्रदर्शनमा उत्रिएका नेकपा एमाले पार्टीका नेताकार्यकर्ताले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता गर्न माग राखी सरकार विरुद्ध चर्को नाराबाजी गरेका थिए ।
पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा सप्तरीको सदरमुकाम राजबिराजमा परमादेशी सरकारको बिरुद्धमा राके जुलुस र प्रधानमन्त्रीको पुतला दहन समेत गरेको युवा संघका चितरंजन यादवले जानकारी दिए ।

उनीहरुले परमादेसी सरकारले गरेको चर्को मुल्यवृद्धिको बिरोधमा प्रम शेरबहादुर देउवाको पुतला दहन गर्नुको साथै बृहत मसाल जुलुस गरि बिरोध जनाएका थिए ।
विरोध प्रदर्शनमा जिल्लाका सम्पूर्ण युवा ,बिद्यार्थी, गाउँपालिका र नगरपालिकाका नेताकार्यकर्ता सहभागीता रहेको सञ्जय पासवाले जानकारी दिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page