राजविराज । जिल्ला समन्वय समिति सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुले सपथ तथा पदभार ग्रहण गरेका छन् ।
सोमबार आयोजित एक कार्यक्रमका बीच जिल्ला समवन्य समितिका नवनिर्वाचित पदाधिकारीहरुले सपथ तथा पदभार ग्रहण गरेका हुन् ।
मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले निर्वाचित जिल्ला समवन्य समिति प्रमुख शिव नारायण साहलाई सपथ तथा पदभार ग्रहण गराएका थिए ।
त्यस्तै शिव नारायण साहले उपप्रमुख शम्भु कुमार यादवसहित नवनिर्वाचित सदस्यहरुलाई सपथ तथा पदभार ग्रहण गराएका थिए ।
आइतबार सम्पन्न जिल्ला समवन्य समिति सप्तरीको निर्वाचनमा काँग्रेस नेतृत्वका चारदलीय गठबन्धनका उम्मेदवारहरु प्यानलसहित निर्वाचित भएका थिए ।
प्रमुखका लागि साहले २३ मत ल्याउनु भयो भने निकट्तम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका छेदी अरगरिया यादवले ११ मत प्राप्त गर्नु भयो । उपप्रमुखमा लोसपा नेपालका शम्भुकुमार यादव २० मत ल्याए । उनका निकट्तम प्रतिद्वन्द्वी नेकपा (एमाले) का देवकान्त चौधरीले १४ मत मात्र प्राप्त गरे ।
महिला सदस्यमा जनमत पार्टीकी प्राणवतिदेबी सरदार २३, नेकपा (एकीकृत समाजवादी) की सबीताकुमारी साह २३ र कांग्रेसकी रन्जिताकुमारी चौधरी थारुले २२ मत ल्याएर निर्वाचित भए । उनीहरुका प्रतिस्पर्धी जसपाकी आशाकुमार तामाङले १४, आशादेबी झा र एमालेकी वैजनाथ देबी थरुनीले १२ मत ल्याए ।
अन्य सदस्यमा जनमत पार्टीका बदिलाल यादवले २४, कांग्रेसका जागेश्वर यादवले २३ र लोसपाका सत्यनारायण मण्डलले २० मत ल्याएर निर्वाचित भएका छन् । उनीहरुका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का गुल्टेन यादवले १४, एमालेका जौनिदिन मियाँ चुरौटेले १२, रबिन्द्रनाथ चौधरीले १० मत ल्याए । जसपाका अवधेश मुखियाले १ मत मात्र प्राप्त गरे ।
त्यस्तै दलित वा अल्पसङ्ख्यक सदस्यमा नेकपा (एस) का बौहरी भगतले २३ मत ल्याएर निर्वाचित भए । उनका निकट्तम प्रतिद्वन्द्वी जसपाका बलदेब बाँतरको १३ मत ल्याएका थिए।
जिल्ला समन्वय समिति सप्तरीको ९ पदका लागि २० जनाको उम्मेदवारी परेको थियो । कूल ३६ मत रहेको समितिमा कांग्रेसको १२, जसपाको ८, लोसपाको ५, एमालेको ४, जनमत पार्टीको ३ तथा नेकपा (एस) र माओवादीको २÷२ मत रहेको थियो ।
Add Comment