राजनीति

मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसादको राजिनामा माँग ,छानवीन समिति असंवैधानिक भएको आरोप

राजविराज, २२ असार । मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहको राजिनामा माँग गरिएको छ ।
नेपाली काँग्रेसका नेता ईर्शाद अन्सारीले राजविराजमा बुधबार पत्रकार सम्मेलन गरि मन्त्री साहको राजिनामा माँग गरेका हुन ।
पत्रकार सम्मेलनमा बोल्दै नेता अन्सारीले २० करोड अनियमितता गरेको आरोप लागेका मन्त्री साहले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने बताए । मन्त्री साह र उनका सल्लाहकार शम्भु झाको मिलोमतोमा २० करोड घोटाला गरेको कुरा प्रदेश सभामा उठेको छ, अन्सारीले भने, सार्वजनिक पद धारण गरेका व्यक्तिमाथी अनियमितताको आरोप लागिसकेपछी पदमा बस्ने नैतिकता हुदैन । अन्सारीले २० करोडको अनियमितता छानवीन समिति समेत असंवैधानिक भएको आरोप लगाए ।
प्रदेश सभाबाट उपसभामुख उपमा देव नेतृत्वमा गठन गरेको छानवीन समिति नै संविधान संवत् छैन उनले भने, संसदीय मुल्यमान्यता अनुसार कुनै दलका नेतामाथी अनियमितताको आरोप लागिसकेपछी प्रतिपक्षी दलको नेतृत्वमा समिति गठन हुनुपर्छ,उनले थपे, आफ्नै पार्टीको सभामुखको संयोजकत्वमा गठित छानवीन समितिले निष्पक्ष प्रतिबेदन आउनेमा शंका छ । अन्सारीले २० करोड छानवीन समिती पुनर्गठन हुनुपर्ने माँग समेत गरे ।
उनले तत्कालीन भुमी व्यबस्था कृषि तथा सहकारी मन्त्री रहदा समेत झासंगको मिलोमतोमा व्यापक भ्रष्टाचार गरेको समेत आरोप लगाए ।
७ सय स्यालो ट्युबवेल खरिद र सहिद परिवारलाई भैंसी वितरणमा समेत ठूलो घोटाला गरेको भन्दै त्यसको समेत छानवीन गर्न माँग गरे । मन्त्री साहले अविलम्ब राजीनामा दिनुपर्ने भन्दै अन्सारीले राजीनामा नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिए ।
मन्त्री साहले झासंगको मिलोमतोमा सम्बन्धित मन्त्रालयको सहमती विनै सप्तरी स्थित जलश्रोत तथा सिंचाइ डिभिजन कार्यालय राजविराजमा २० करोड बजेट विनियोजन गरेको नेता अन्सारीको आरोप छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page