समाचार

कञ्चनरुपमा शिक्षा क्षेत्रको करोडौं रकम फ्रिज, शिक्षकहरुद्वारा चरणबद्ध आन्दोलन गर्ने चेतावनी

कञ्चनरुप,असार २९ गते । सप्तरीको कञ्चनरुप नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुको तलब भत्तासँगै शिक्षा क्षेत्रको करोडौं रकम फ्रिज गराएको छ ।
आर्थिक वर्ष सक्किन लाग्दा समेत शिक्षकहरुको तलब तथा विद्यालयले पाउने सुबिधाको भुक्तानी नभएपछि नगर भित्रका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरु भेला भई नगरपालिका गई पत्रकार सम्मेलन मार्फत नगर प्रमुखलाई ज्ञापन पत्र बुझाएका छन् ।
कञ्चनरुप नगरपालिकाका ३२ ओटा सामुदायिक विद्यालयका शिक्षक, कर्मचारीको तीन महिनाको तलब, भत्ता, विद्यार्थीको छात्रवृत्ति रकम, दिवा खाजा लगायतको शिर्षकमा करोडौं रकम फ्रिज गराइएको ज्ञापनपत्रमा भनिएको छ ।
कञ्चनरुप नगरपालिकाको शिक्षा समितिका सदस्य एवं लक्ष्मी नारायण मावि वैरवाका प्रधानाध्यापक राजकुमार साहको अध्यक्षमा नगरपालिकाभरीका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकले सामुदायिक विद्यालयको समस्याको समाधान तत्काल नगरिए विद्यालय बन्द गर्ने सम्मको निर्णय गरेको छ ।

विद्यालयका प्रअहरुले शिक्षकहरुको माँगहरु समयमा पूरा नभएको खण्डमा चरणबन्द आन्दोलन गर्ने जनाएको छ । प्रअहरुको बैठकले चरणबद्ध आन्दोलनको क्रममा सामुदायिक विद्यालयको पठनपाठन बन्द गर्ने, प्रमुख प्रशासकीय अधिकृतको कार्यालय, शिक्षा शाखा तथा लेखा शाखामा तालाबन्दी समेतको कार्यक्रम अगाडी बढाउन बाध्य हुने उल्लेख गरेका छन् ।
सर्वोदय माबि कञ्चनपुरमा बसेको बैठकले गरेको निर्णयमा भनिएको छ,‘विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको आव २०७८÷०७९ अन्तर्गत बैशाख, जेष्ठ र असार महिनाको तलब भत्ता हालसम्म निकाशा नभएको हुदाँ हामी शिक्षक कर्मचारीहरु अन्यायमा परेकोले त्यसमाथि गहन छलफल गर्दा वास्तवमा यस कञ्चनरुप नगरपालिकाको शिक्षा शाखा, लेखा शाखा एवं प्रशासनले हामीमाथि बदनियतपूर्ण तरिकाबाट तलब भत्ता समयमा निकाशा नगरेकोले भत्सर्ना गर्दै समस्याको सिघ्र समाधान गर्न गराउन भनी सर्वसहमतबाट निर्णय गरियो ।’
विद्यालयका प्रअहरुले कञ्चनरुप नपा अन्तर्गतको शिक्षा शाखा मार्फत आ.व २०७८/०७९को लागि पाठ्यपुस्तक, छात्रवृत्ति, लेखा परिक्षण,सामाजिक परीक्षण, मसलन्द, शिक्षण अनुदान, विद्यालय सुधार योजना, इन्टरनेट, दिवा खाजा अनुदान जस्ता अन्य शीर्षकहरुको अनुदान रकम के कति कारणले समयमा निकाशा नभएकोले सो सम्बन्धमा सम्बन्धित निकायसँग वृहत्त छलफल गरी निकासा दिन अनुरोध गर्ने निर्णय गरेका छन् ।
साथै बैठकले सामुदायिक विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको विभिन्न सर्सत अनुदानहरु यथासिघ्र सममै निकासा गरिदिनहुनका लागि माँग गर्ने निर्णय गरेका छन् ।
शिक्षकहरुको तलब शिक्षकहरुको खातामा ०७९ असार २८ गते पालिकाबाट पठाई सकिएको लेखा अधिकृत राजेश राजले बताए ।
कञ्चनरुप नगरपालिका नगर प्रमुख ललन प्रसाद गुप्ताले ज्ञापन पत्र म संग आएको छ । म नगरपालिकामा पार्टी भन्दा माथि उठेर काम गर्ने बताए । उनले भने, “ मलाई आफनो कुरा राख्न कुनै अप्ठयारो छैन र म कुर्सीमा बसेको १६ दिन मात्र भएको छ।” नगर प्रमुख गुप्ताले विद्यालयको अवस्था, शिक्षकको अवस्था के छ र पुस्तक समयमा पाएको छ कि छैन त्यस तर्फ ध्यान पु¥याउनु पर्ने र केही साथीहरुको विवाद गर्ने बानी रहेको बताए ।
विद्यालयहरुमा १ वर्ष देखीको दिवा खाजा वापत रकम नपाएको आफुले सुनेको बताए । गुप्ताले भने, शिक्षकहरुको माग प्रति आफु गम्भिर रहेको र माग चाडै पुरा गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page